मुगुका ५ हजार घरधुरी अझै दियालोकै भरमा

मुगु - छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ । गाउँमा बिजुली नपुग्दा  उहाँ अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य हुनुहुन्छ । उहाँका छिमेकी कुम्मलाल बुढाको छ परिवारको व्यथा पनि उस्तै छ । 'मेरो पालामा त अझै गाउँमा बत्ती बल्दैन होला', उहाँले भन्नुभयो, 'बत्ती नहुँदा गाउँ समसाँझै सुनसान हुन्छ, अहिले त बत्तीकै आशामा दिन बित्न थाल्यो ।' उनी गाउँमा बिजुली नहुँदा मोबाइल चार्ज गर्न पनि आधा घण्टा हिँडेर गमगढी बजार जान बाध्य ...