सर्लाही : छिमेकी मुलुक भारतसँग जोडिएको सर्लाहीको सबै सीमा नाका बन्द गरिएको छ।कोरोना संक्रमण बढ्दै गएपछि जिल्लाका सम्पूर्ण सीमा नाका बन्द गरी आवागमन ठप्प पारिएको हो। सरकारले सर्लाहीका सबै नाका बन्द गर्ने निर्णय गरेकाले सोही अनुसार नाका बन्द गरेर नेपाल–भारत आवतजावत रोकिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए।हिजोबाट भारतको बिहार राज्यमा लकडाउन भएकाले सीमा क्षेत्रबाट हुने आवागमन रोक्न थप सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। सरकारले प्रदेश २ को महोत्तरीक