काभ्रेमा कोरोना सङक्रमण दर घट्यो

जिल्लामा कोरोना सङक्रमित दर घट्दैगएको पाइएको छ । स्वास्थ्य कार्यालय काभ्रेको तथ्याङ्कअनुसार सङक्रमितको दर घट्दै गएको पाइएको हो । स्वास्थ्य कार्यालय काभ्रेकाअनुसार माघ ६ गते एकैदिन २५१ जना कोरोना सङक्रमित भएका थिए । माघ १८ सम्मको ५० भन्दा बढी सङक्रमित हुँदैआएका थिए । तर त्यसपछि भने निरन्तर सङक्रमण दर घट्दैगएको छ ।