विजयी राष्ट्रिय फुटबल टोलीलाई खेलकुदमन्त्रीले दिए बधाइ

काठमाडौं : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमलाई बधाइ दिएका छन्।मंगलबार भएको अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेशविरुद्ध जित निकालेको राष्ट्रिय टिमका खेलाडीहरूलाई मन्त्री गहतराजले बधाई दिएका हुन्। सामाजिक संजालमा खेलाडीसँगको तस्बिर शेयर गर्दै उनले नेपाली राष्ट्रिय टिमलाई बधाइ दिएका छन्। मंगलबार साँझ नेपाल र बंगलादेशबीचको खेल हेर्न दशरथ रंगशाला पुगेका मन्त्री अथक खेल सकिएलगत्तै मैदानमै पुगेका थिए। उनले राष्ट्रिय टिमका कप्तान किरण चेम्ज