संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल

नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशसभाको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन भएका छन् । आज सम्पन्न संसदीय दलको बैठकले नेता जम्मकट्टेललाई चयन गरेको वाग्मती प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिए । यस्तै दलको उपनेतामा कुमारी मोक्तान, प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । संसदीय दलको बैठकले प्रदेशसभामा प्रभावकारी रुपमा जनताको पक्षमा भूमिका निर्वाह गर्ने र प्रदेशसभाको भूमिकालाई थप सशक्त बनाउने निर्णय गरेको छ ।