कञ्चनपुर - कञ्चनपुरमा धानबालीमा गबारो किराकाे समस्या देखिन थालेकाे छ । गबारो किराले धानकाे गुवो खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित भएका छन् ।
गबारो रोगको समस्या सबैभन्दा बढी कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा देखापरेको छ । आधा बिघा जग्गामा रोपेका बिउको गुबो गबारोले खाएर क्षति गरेको कृष्णपुर नगरपालिका–१ का किसान गोपी साउदले बताउनुभयो ।
'धान रोपिएको महिनादिन नपुग्दै गबारोको समस्या देखिएको छ', उहाँले भन्नुभयो, 'धानका बोटहरु पहेलिँदै गएका छन्, रोपेका धानका बिरुवा न...