काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुले बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले एक स्वरले सो घटनामा दोषी करार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामाथि अझै कारबाही नगरिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आक्रोशसमेत व्यक्त गरेका छन्।प्रमुख प्रतिपक्ष एमालेका सांसद अमृतलाल राजवंशीले बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरे। उनल