काठमाडौं : कतिपय सरकारी कर्मचारीले अचेल नागरिकलाई सेवा दिन छाडेर आफ्नै वृत्तिविकास र सेवा-सुविधाका लागि मात्रै समय खर्चिने गरेका छन्। लोकसेवा आयोगले विभिन्न समयमा खुलाउने खुला तथा आन्तरिक प्रतिस्पर्धाका लागि कतिपय कर्मचारी बिदामा बसेर परीक्षाको तयारी गर्छन् भने कतिपय कर्मचारी कार्यकक्षमा नै बसेर परीक्षाको तयारी गर्ने गरेका कर्मचारी नै स्वीकार गर्छन्। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल निजामती कर्मचारी सगठनका अध्यक्ष लेखनाथ कोइरालाले कतिपय संघीय कार्यालयमा कार्यर