भारतमा आक्रोश : चुनाव आयोगविरुद्ध हत्या अभियोग लगाउनुपर्छ

कोरोना महामारीबीच निर्वाचन गराएको भारतको चुनाव आयोगविरुद्ध नागरिकहरूले कडा आक्रोश पोखेका छन्।उनीहरूले आयोगविरुद्ध हत्या अभियोग चलाउनुपर्ने सम्मका माग राखेका हुन्। भारतमा केन्द्र शासित एक र चार राज्यमा चुनाव भइरहेको छ। ८२२ विधानसभा सीटका लागि खसेको मत आजदेखि गणना गरिँदैछ। महामारीमा पूरै देश जकडिएको र हरेक दिन हजारौं मानिसले औषधि अभावमा ज्यान गुमाइरहँदा भारतमा मतगणना थाल्न लागिएको हो।महामारीकै बीच र्‍याली निकाल्न दिएर निर्वाचन गराएको भन्दै चुनाव आयोगको तिखो आलोचना भइरहेको छ।