चालु आर्थिक वर्षमा नेपालले भारततर्फ ४०० मेगावाटसम्म बिजुली बेचिरहेको छ । यस्तै, बंगलादेशतर्फ यही वर्षदेखि ५० मेगावाट बिजुली बेच्न सरकार प्रयासरत छ । केही साता अघिमात्रै प्रधानमन्त्रीकै उपस्थितिमा लगानी बोर्डले पश्चिम सेती र सेती नदी ६ आयोजना निर्माणका लागि भारतीय कम्पनीलाई जिम्मा दिएको छ ।यसका साथै, लामो समयदेखि बन्द अवस्थामा रहेको आरओआर आयोजनाको पीपीए खुलाउने निर्णयसमेत सरकारले गरेको छ । यसैगरी, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले २० युनिटभन्दा कम बिजुली बाल्ने उपभोक्तालाई महसुल छुट दिने निर्ण