सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिचले यूएस ओपन गुमाउने सम्भावना बढेको छ । कोरोनाविरुद्धको खोप लगाउन अस्वीकार गर्दै आएका जोकोभिचले खोपकै कारण यूएस ओपन पनि खेल्न नपाउने सम्भावना बढेको बीबीसीले जनाएको छ ।
अमेरिका प्रवेशका लागि कोरोनाविरुद्धको खोप लगाउन अनिवार्य गरिएको छ तर जोकोभिचले खोप लगाउन अस्वीकार गर्दै आएका छन् । जोकोभिचले यसअघि तीन पटक यूएस ओपनको उपाधि जितेका छन् ।
यूएस ओपन आयोजकले खोपको विषयमा अमेरिकी सरकारको नियमको सम्मान गर्ने बताएसँगै जोकोभिचले प्रतियोगिता गुमाउने सम्भावना बढेको हो । खोप नलगाए...