ठूला घटनाको अनुसन्धान सुरु नहुँदै लरबरायो सरकार

काठमाडौँ : वर्षौदेखि थाती रहेका ठूला घटनाको फाइल खोल्ने बताएको वर्तमान सरकार लरबराउन थालेको छ। ललितानिवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी र सुन काण्डको छानबिनले जनताको मनमा विश्वासको बीजारोपण गरेको सरकार ठूला घटनाको फाइल नखाेल्दै लरबराउन थालेको हो। सरकारले सुरु गरेको घटना छानबिनको अन्तिम विन्दुसम्म पुगेको छैन। पुरानो अनुसन्धान नसिकिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गौर हत्यकाण्ड, दरबार हत्याकाण्ड र मदन–आश्रित हत्याकाण्डको छानबिन गर्ने