बिग मर्जर नीति र लगानीकर्ताको पीडा

मुलुकको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको संवद्र्धन गर्दै वित्तीय क्षेत्रको पुँजीगत आधार सुदृढ तुल्याउने अभीष्टका साथ नेपाल राष्ट्र बैंकले केही वर्षयता मर्जर र एक्विजिसनको नीति कार्यान्वयनमा ल्याइरहेको छ । यसबीचमा केही समयअघि सार्वजनिक भएको चालू आर्थिक वर्षको मौद्रिक नीतिले मर्जरमा जान चाहने वाणिज्य बैंकहरूलाई भारी सुविधाको घोषणासहित बिग मर्जरलाई प्रोत्साहित गर्ने नीति अघि सारेको छ […]