काठमाडौं : चितवन क्षेत्र नम्बर ३ छोडेर चुनाव लड्न गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भव्य स्वागत गरिएको छ। मनोनयन दर्ताका लागि गोरखा पुगेका प्रचण्डलाई जिल्लावासी नेता कार्यकर्ताले बाजागाजासहित स्वागत गरेका हुन्।प्रचण्डले गोरखा २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिदैँ छन्।माओवादीले गोरखा– २ मा अध्यक्ष प्रचण्डलाई उठाउने निर्णय गरेको हो। २०७४ को चुनावमा प्रचण्ड चितवन– ३ बाट निर्वाचित भएका थिए।अहिलेसम्म तीनवटा संसदीय निर्वाचन लडेका प्रचण्डले