काठमाडौं। सरकारले एक वर्षको अवधिमा १खर्ब ३अर्ब ९२करोडको टे«जरी बिल जारी गरेको छ। आर्थिक वर्ष २०७८÷७९मा ७अर्बको २८दिने, २७अर्बको ९१दिने, ३१अर्बको १८२दिने र ३८अर्ब ९२करोडको ३६४ दिने ट्रजरी बिल जारी गरिएको नेपाल राष्ट्र बैंकले जनाएको हो। त्यसैगरी सोही अवधिमा १खर्ब २४अर्ब ५०करोड बराबरको विकास ऋणपत्र, २अर्ब ८२करोड ९८लाखको नागरिक बचतपत्र र ५करोड ६६लाख ८०हजारको वैदेशिक रोजगार बचतपत्र जारी गरिएको छ।