देश निर्वाचन उन्मुख छ । दल तथा स्वतन्त्र गरी छ हजार बढी प्रतिस्पर्धी छन् । हरेकले नतिजालाई आफ्नो पक्षमा पार्न तागत लगाउँदैछन् । जनताले आफूहरूलाई जिताउने अनि देश स्वीजरल्यान्ड वा सिंगापुर बन्ने हावादारी आत्मरतिमा रमाइरहेका छन् । यद्यपि आर्थिक संकटले श्रीलंका हुने अनि नागरिकता प्रकरणले फिजी, सिक्किम वा भुटान गन्तव्य छेड्ने सम्भावना नकार्न सकिँदैन । चुनावी महासंग्राम नजिकिँदै जाँदा सामाजिक सञ्जालमा केही दिनदेखि ‘नो, नट अगेन’ अभियान व्यापक बन्दैछ । पाका, धेरै पटक अ