कतारमा जारी विश्वकप फुटबलमा बिहीबार समूहचरणका समूह इ र एफका अन्तिमचरणका खेलहरु हुँदै छन्।जहाँ जर्मनी सर्वाधिक दबाबमा रहेको छ। पहिलो खेलमा जापानसँगको हार र दोस्रो खेलमा स्पेनसँगको बराबरीले अन्तिम खेलमा जित निकाल्नु पर्ने दबाब जर्मनीलाई छ। आफ्नो जितसँगै जर्मनीले स्पेनको जितको समेत कामना गर्नु पर्ने छ।पहिलो खेलमा नै जापानसँग हारेपछि रक्षात्मक बनेको जर्मनी दोस्रो खेलमा स्पेनसँग बराबरीमा रोकियो। स्पेन ४ अंकका साथ समूहको शीर्ष स्थानमा रहँदा जापान र कोस्टारिकाको समान ३-३ अंक रहेको छ। जर्मनीको १ अं