कर्णालीमा ‘पानी राजनीति’

जाजरकोटको भेरी नगरपालिका–१३ स्थित भेरी नदी किनारमा छ– कुदुको विशालफाँट । कुदुमा झन्डै १ हजार घरधुरीको बसोबास छ । गाउँमा खानेपानी ल्याउनेलगायत एजेन्डा अघि सारेरै राष्ट्रिय पञ्चायत सदस्य जितेका तेजविक्रम शाह पछि सहायक मन्त्रीसम्म बने । उनीपछि उनका छोरा गोविन्दविक्रम शाह जिल्ला विकास समितिको सभापति र प्रतिनिधिसभा सदस्य भए । उनले पनि कुदुवासीलाई पटकपटक खानेपानीकै आश्वासन दिए तर कुदुवासीको ‘खानेपानी सपना’ अझै पूरा भएको छैन ।