जनता समाजवादी पार्टी (जसपा) नेपालको पुनर्गठनका लागि आह्वान गरेका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले अन्तत: आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्ने गृहकार्य सुरु गरेका छन् । जसपाको वीरगञ्जमा बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष भट्टराईसहित नौजनालाई पार्टीबाट कारबाही गरेको छ । सो कारबाहीलाई खारेज गर्दै अध्यक्ष भट्टराईले असार ३० गते एक विज्ञप्ति जारी गरी जसपा पुनर्गठन गर्न आह्वान गरेका थिए । जसपालाई नै पुनर्गठन गर्ने आह्वान गरेपनि उनले भित्रैभित्रै नयाँ पार्टी गठनको तयारी सुरु गरिसकेक