सरकारले शून्य लागतमा मौसमी श्रमिक पठाउने

काठमाडौं, पुस ४ । । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अब सरकारले बेलायत, क्यानडा, दक्षिण कोरियालगायतका आकर्षक गन्तव्य मुलुकमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत गरेको हो। उनले कार्यविधि स्वीकृति भएसँगै शून्य लागतमा मौसमी श्रमिक पठाउन बाटो खुलेको बताए। […]

सम्बन्धित सामग्री

अब सरकारले नै शून्य लागतमा मौसमी श्रमिक पठाउने

काठमाडौं। सरकार आफैंले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको छ। मौसमी कामका लागि युवाहरूको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकारले यस्तो तयारी गरेको हो। यसका लागि आवश्यक कार्यविधिको ड्राफ्ट बनाएर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको छ। मन्त्रिपरिषद्बाट स्वीकृत भएमा मन्त्रालयले मौसमी श्रमिक पठाउन सुरू गर्नेछ। सरकारले हालसम्म मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारमा पठाएको छैन।