काठमाण्डाै - चिसाे सुरु भएसँगै अस्पतालहरुमा डेङ्गीका बिरामीहरु कम हुँदै गएका छन् । काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दशैँ सुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेङ्गीका बिरामीहरु कम हुँदै गएको हो।
डेङ्गीको सङ्क्रमण खासगरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुनेगर्दछ । दशैँ अघिकाे तुलनामा अहिले बिरामीहरु पनि कम अस्पताल आइरहेका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताउनुभयो ।
उहाँका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत छन् भने एक...