२८ लाख घुससहित खानेपानी इन्जिनियर पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाइ डिभिजन नं.४ का इन्जिनियर नवराज सत्याल सहित दुई जनालाई २८ लाख घुससहित पक्राउ गरेको छ । अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई मन्थलीस्थित इन्जिनियर निवासबाट आज पक्राउ गरेको हो ।  घुससहित पक्राउ परेकामा सत्याल र सोही कार्यालयमा करारमा कार्यरत प्लम्बर बखत बहादुर थापा रहेका छन् । […]