२ रुपैयाँको नयाँ सिक्का बजारमा, के छन् विशेषता

काठमाडौं । नेपाल राष्ट्र बैंकले दृष्टिविहीनले स्पर्श गरेर चिन्न सक्ने विशेषता भएको दुई रुपैयाँ दरको नयाँ सिक्का बजारमा ल्याएको छ ।  केन्द्रीय बैंकले साविककै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको २ रुपैयाँ दरको सिक्का पुस ३० गतेदेखि चलनचल्तीमा ल्याएको जनाएको छ । सिक्काको अग्रभागमा वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा...