अर्घाखाँची। शनिबार बिहान सामाजिक सन्जालमा एउटा भिडियो सार्वजनिक भयो । जुन भिडियोमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सचिवसमेत रहेका व्यवसायी विनोद गैरैले आफूले उच्च अदालतमा अर्घाखाँची महोत्सव रोक्नको लागि गुहारेको बताए । आफ्नै फेसवुकबाट भिडियो सार्वजनिक गरेका गैरेले विद्यालय नजिकै मेला लगाउन खोजिएको र मेलाका कारण विद्यार्थीको अधिकार खोसिएको भन्दै अदालतको सहारा लिनुपरेको दाबी गरिरहेका छन् । […]