निकुञ्जमा सफारी शुरू भएसँगै पर्यटन व्यवसायी उत्साहित

नवलपुर । नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी शुरू भएसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । यसअघि नारायणी नदी वारि रहेका जिल्लाका मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी नवलपुरबाट निकुञ्ज क्षेत्रमा जीप सफारी शुरू भएपछि उत्साहित बनेका हुन् । जंगल सफारीमा आउनेलाई नारायणीमा डुंगा शयरसहित निकुञ्ज क्षेत्रमा जीप सफारी गराउँदा पर्यटकको संख्या बढ्ने भएपछि आफूहरू उत्साहित भएको कावासोतीका पर्यटन व्यवसायी धनिराम गुरौले बताए । ‘पहिले मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वन घुमाउने गरिन्थ्यो, अहिले निकुञ्जमा पनि घुम्न पाइने भएपछि यहाँ आउने पर्यटक बढेका छन्,’ उनले भने । नवलपुर पर्यटन समितिका अध्यक्ष फंसराम महतोले गतवर्ष मध्यवर्ती सामुदायिक वनमा समेत जीप सफारी बन्द गरिएकोमा अहिले निकुञ्जले नारायणी पारी सफारी गर्ने अनुमति दिएपछि जिल्लामा पर्यटकीय गतिविधि बढ्ने बताए । ‘हामी खुशी छौं, यहाँको पर्यटकीय गतिविधि चलायमान गराउन यो कदमले सहयोग पुग्नेछ,’ अध्यक्ष महतोले भने । उनका अनुसार यही माघ ११ मा चितवन राष्ट्रिय निकुञ्जले सबै होटल तथा व्यवसायीका लागि नवलपुरको अमलटारी पोस्टबाट पनि निकुञ्ज प्रवेशको अनुमति दिएको छ । यसअघि होटल टेम्पल टाइगर र थारू भिलेजले मात्र पर्यटक लैजाने अनुमति पाएका थिए । अब अमलटारीबाट गैंडाखासा, देवीताल, टाइगर टप्सको रुट तथा गोही प्रजनन केन्द्रसम्म आउजाउ गर्न सकिने भएपछि यस क्षेत्रमा आर्थिक, पर्यटकीय गतिविधिमा वृद्धि हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताए । शनिवार प्रजिअ लम्सालले सफारीको उद्घाटन गर्दै नवलपुरबाट निकुञ्जभित्र जीप सफारी शुरू भएपछि विदेशी पर्यटकको आगमन हुनुका साथै यहाँको संस्कृतिको समेत प्रचार हुने बताए । नवलपुर पर्यटन समितिले औपचारिक कार्यक्रमका बीच शनिवार निकुञ्जमा सफारीको शुरुआत गरेको थियो । नवलपुर क्षेत्रबाट प्रतिदिन पाँचओटा जीपमा १० जना निकुञ्ज प्रवेश गर्न पाउनेछन् । होटल तथा पर्यटन व्यवसायीले ‘फस्ट कम फस्ट सर्भिस’का आधारमा अनुमति पाउनेछन् । हात्ती सफारी भने मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रमा मात्र अनुमति छ । निकुञ्जमा जीप सफारी खुला भएसँगै नवलपुरको पर्यटन व्यवसायमा टेवा पुग्ने यहाँका पर्यटन व्यवसायीको विश्वास छ । रासस

सम्बन्धित सामग्री

पर्यटन व्यवसायी महिलाहरुको कार्यशाला पोखरामा सम्पन्न

काठमाडौं – पर्यटन व्यवसायी महिलाहरुको चुनौति र अवसर विषयक कार्यशाला पोखरामा सम्पन्न भएको छ । शनिबार पोखरामा पर्यटन व्यवसायी महिला संघ, नेपाल (टेवान), युरोपियन युनियन, नेपाल सरकार र जिआईजेड संस्थाको आयोजनामा पर्यटन व्यवसायी महिलाहरुको कार्यशाला सम्पन्न भएको हो । पोखराको लेकसाइड रिट्रिट होटलमा भएको कार्यक्रम नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युरोपियन युनियनको […]

पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन

पोखरा । पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन भएको छ । उनको उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार बिहान निधन भएको उनका साथी केशव थापाले बताए । उनी ७६ वर्षका थिए । केही समयअघि मानसरोवर भ्रमणमा गएका श्रेष्ठ बाटोमै बिरामी परेपछि चीनमा उपचार गराएर पोखरा फर्किएका थिए । फेरि उनलाई समस्या भएपछि काठमाडौं […] The post पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विहार र उत्तर प्रदेशका पर्यटन व्यवसायी पाल्पामा

बुटवल– भगवती जात्राको अवसरमा भारतका विहार र उत्तर प्रदेशका पर्यटन व्यवसायी पाल्पा आइपुगेका छन् । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा पाल्पा च्याप्टरले आयोजना गरेको कार्यक्रमअन्तर्गत छिमेकी मुलुकका ३० जना पर्यटन व्यवसायी र पत्रकारको टोली पाल्पा आएको हो । ऐतिहासिक जात्रा अवलोकनका साथै पाल्पामा रहेका विभिन्न पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले […]

जलकुम्भी झारले कुरुप बन्दै फेवाताल, पर्यटन व्यवसायी झार हटाउन सक्रिय

कास्की : पोखराको फेवातालमा वर्षासँगै फैलिएको जलकुम्भी झारले ताल कुरुप बनेपछि पर्यटन व्यवसायी झार हटाउन सक्रिय बनेका छन्।प्रत्येक वर्षको वर्षात्को समयमा फेवातालको सिरान पश्चिमी भागबाट पूर्वीभागतर्फ फैलिँदै आउने जलकुम्भी झार हटाउन पोखराका विभिन्न संघसंस्था, सुरक्षाकर्मी र पर्यटन व्यवसायी सक्रिय हुने गरेका छन्।ट्रेकिङ एजेन्सी एशोसियसन अफ नेपाल (टान) गण्डकी प्रदेशको संयोजनमा पोखराका पर्यटन व्यवसायी, सुरक्षाकर्मी, पर्यटनसम्बन्धी संघसंस्था र विद्यार्थीद्वारा आज बिहान फेवातालका फैलिएको १० ट्रक जलकुम्भी

१७ फागुनमा होटल तथा पर्यटन व्यवसायी संघ बागमतीको अधिवेशन चित्लाङमा

१२ फागुन, वीरगञ्ज । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश समितिको अधिवेशन हुने भएको छ । १७ फागुनमा चित्लाङमा अधिवेशन गर्न लागिएको होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशले जनाएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधि, पर्यवेक्षक तथा अतिथि लगायत गरी […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पर्यटन व्यवसायी उत्साहित

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेसँगै पोखरेलहरूले साढे चार दशकपछिको सपना पूरा भएको छ । विमानस्थल सञ्चालनमा आएसँगै पोखराका पर्यटन व्यवसायी पनि निकै उत्साहित भएका छन् ।  नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवं अग्रज पर्यटन व्यवसायी वासु त्रिपाठीले […]

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखरा, १९ पुस । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेसँगै पोखरेलीहरुले साढे चार दशकपछिको सपना पूरा भएको छ । विमानस्थल सञ्चालनमा आएसँगै पोखराका पर्यटन व्यवसायी पनि निकै उत्साहित भएका छन् । नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य एवं अग्रज पर्यटन व्यवसायी […]

पर्यटन व्यवसायी शेर्पा सम्मानित

नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी ङावाङिमा शेपालाई कोरियन सरकारले कोरियन अल्पाइन फेडेरेशनको नेपालस्थित लियजन अफिसको अध्यक्षका रूपमा नियुक्त गरेको छ । कोरियाको राजधानी सियोलमा आयोजित फेडेरेशनको ६०औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा शेर्पालाई नेपालको सम्पर्क कार्यालयको अध्यक्षको प्रमाणपत्र प्रदान गरिएको हो ।कोरियाका पूर्वराष्ट्रपति मुन जे उनकै पालामा उनको सरकारले नेपालको लियजन अफिसको प्रेसिडेन्ट बनाउने निर्णय गरे पनि कोभिड महामारीका कारण दुई वर्षपछि शेर्पालाई यो प्रमाणपत्र दिइएको

मन्त्री आलेलाई पर्यटन व्यवसायी संगठन नेपालको शुभकामना

काठमाडौं । पर्यटन व्यवसायी संगठन नेपालले संस्कृति, पर्यटन तथा नागरिक उडड्यानमन्त्री प्रेमबहादुर आलेलाई बधाई तथा शुभकामना दिएको छ । मन्त्री आलेको निवासमै पुगेर व्यवसायीहरुले बधाई तथा शुभकामना दिएका हुन् । मन्त्री आलेलाई बधाईसँगै २१ बुदे सुझावसमेत व्यवसायीले दिएका थिए । कोभिड–१९ को महामारीले चीर निन्द्रामा सुतेको पर्यटन व्यवसाय पुनर्जीवन दिनका लागि बेथिति निमूल गरी नयाँ […] The post मन्त्री आलेलाई पर्यटन व्यवसायी संगठन नेपालको शुभकामना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पर्यटन व्यवसायी महिलालाई डिजिटल मार्केटिङ तालीम

पोखरा / पर्यटन क्षेत्रलाई प्रविधिमैत्री बनाउनका लागि पर्यटन व्यवसायी महिलालाई डिजिटल अनलाइनसम्बन्धी तालीम प्रदान गरिएको छ । पर्यटन व्यवसायी महिला सङ्घ (टेवान)को आयोजना तथा नेपाल पर्यटन बोर्ड गण्डकीको प्रवद्र्धनमा सङ्घ आवद्ध सदस्यलाई प्रविधिको सही प्रयोगबाट व्यवसायलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको थियो । तालीमको उद्घाटन सत्रमा पोखरा महानगरपालिका –६ का वडाध्यक्ष जगत... The post पर्यटन व्यवसायी महिलालाई डिजिटल मार्केटिङ तालीम appeared first on Purbeli News.