चितवन : चितवन राष्ट्रिय निकुञ्जको पूर्वी नवलपरासी क्षेत्रको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बच्चासहित दुई गैंडा मृत फेला परेका छन्।आज दिउँसो स्वीपआउट गर्ने क्रममा हात्तीसहित निकुञ्जको टोलीले माउ र बच्चा गैंडा फेला परेको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा मृत फेला परेको जानकारी दिए।उनका अनुसार बच्चा र माउको शरीरमा चिथोरिएका घाउ देखिएकाले बाघको आक्रमणमा परी मरेको आशंका गरिएको छ। ‘बाघले बच्चाबाट अलग्याउन माउलाई आक्रमण गर