कास्की – गण्डकी प्रदेशमा आगामी जेठ २२ देखि २८ गतेसम्म तय भएको नवौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा प्रदेश सरकार जुटेको छ। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतियोगिताको तयारी र व्यवस्थापनका सम्बन्धमा आज उच्चस्तरीय बैठकको आयोजना गरी प्रतियोगिताको हालसम्मको तयारीका बारेमा जानकारी लिँदै प्रतियोगितालाई भव्य बनाउने गरी तयारीमा जुट्न निर्देशन दिए। मुख्यमन्त्री पोखरेलले राष्ट्रिय खेलकुद सङ्घीय […]