श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै माइतीघरमा प्रदर्शन

श्रमिकको पारिश्रमिक न्यूनतम २५ हजार पुर्‍याउन माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसले प्रदर्शन गरेको छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको भन्दै प्रमुख सत्तासिन दल नेपाली कांग्रेसनिकट ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम तलब बढाउन माग गर्दै श्रमिकका नेता र अगुवाले आइतबार दिउँसो काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।