पहिलो पटक सीआईबीको कमाण्ड महिला प्रहरीको काँधमा, कति चम्किन सक्लिन् किरण?

काठमाडौं : नेपाल प्रहरीको नेतृत्व प्रतिस्पर्धामा सबैभन्दा माथिल्लो सिढींसम्म पुग्न सफल किरण बज्राचार्य दुई दिनयता सीआईबीको कमाण्ड सम्हाल्दै छिन्। कुनै समय डीआईजीको दरबन्दी रहेको व्यूरो अहिले भने एआईजीको कमाण्डमा चल्छ। र, त्यसको नेतृत्वमा पहिलो पटक महिला प्रहरी अधिकृत पुगेकी छिन्। नेपाल प्रहरीमा अनुसन्धानका हिसाबले विशेष रुपमा हेरिने व्यूरो हो, केन्द्रीय अनुसन्धान व्यूरो अर्थात् सीआईबी।…