काठमाडौं : सरकारले अब सवारी चालक अनुमती पत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक परीक्षाको ढाँचा परिवर्तन गर्ने भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा परीक्षा परिवर्तन गर्ने विषयमा छलफल भएको थियो। उक्त छलफलपछि लाइसेन्स परीक्षाको ढाँचा परिवर्तन गर्ने सहमति भएको हो।
यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले ६० प्रतिशत नम्बर ल्याए…