काठमाण्डाै - महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढ्दो जाम र चाप हटाउन चोक सुधार अभियान सुरु गरेको छ ।
अहिले कोटेश्वरबाट यो अभियान थालिएको महाशाखाका एसएसपी जनक भट्टराईले बताउनुभयो । उहाँका अनुसार कोटेश्वर चोकमा अब गाडी रोक्न पाइने छैन । चोकबाट अलि पर मात्रै यात्रु चढाउन र ओराल्न पाइने उहाँले बताउनुभयो । ...