काठमाडौं। इङ्ल्यान्डले टर्की भ्रमणमा रोक लगाएका कारण म्यानचेस्टर सिटी र चेल्सीका समर्थकले च्याम्पियन्स लिगको फाइनल हेर्न जान नपाउने भएका छन्। फाइनल इस्तानबुलमा २९ मेमा हुनेछ। यातायात सचिव ग्रान्ट शाप्सले कोभिड–१९ का कारण विषम परिस्थितीमा बाहेक रातो सुचीमा रहेका देशमा भ्रमण गर्न नपाइने प्रष्ट पारेका छन्। युईएफएले दुवै क्लबको कम्तिमा चार हजार दर्शक उपस्थित हुने अपेक्षा गरेको थियो।