क्यान्सरसँग लडिरहेकी डिम्पल झा भन्छिन्, ‘मेरो एउटा सपना पुरा हुँदैछ’

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मधेस प्रदेशकी प्रदेशसभा सदस्य डा .डिम्पल झाको एउटा सपना चाँडै पूरा हुँदैन । दुई वर्षदेखि क्यान्सर रोगसँग लडिरहेकी झा आफै पेसाले डाक्टर हुन् । आयुर्वेद चिकित्सकको जागिर छाडेर राजनीतिमा लागेकी झा आफ्नो गृह जिल्लामा गजेन्द्रनारायण सिंह स्मृति अस्पताल बनाउन सफल भएकी छिन् । त्यसको उद्घाटन यही चैत २७ गते हुँदैछ, उनी भन्छिन्, ‘म २७ गतेसम्म बाँच्छु कि बाच्दिनँ थाह छैन तर म र मेरो श्रीमान्ले देखेको एउटा सपना पुरा हुँदैछ ।’गौर–चन्द्रनिगाहपुर सडक