पानीको संरक्षण गरौँ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने सङ्कटलाई दृष्टिगत गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाउँ–गाउँमा रहेका आहाल, पोखरी, तालतलैयाहरूको संरक्षण गर्न जरुरी रहेको बताउनुभएको छ । विश्व पानी दिवसका सन्दर्भमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत भूमिगत पानी स्रोत बढाउन पूर्वाधार निर्माण गर्दा सम्बद्ध सबै पक्षले ध्यान दिन जरुरी रहेको बताउनुभएको हो । उहाँले भन्नुभएको छ, “यत्रतत्र पोखरीहरू निर्माण गरी आकाशेपानी सङ्कलनसमेत गरी पानीका स्रोतहरूको संरक्षण गर्न अतिआवश्यक भइसकेको छ ।”

सम्बन्धित सामग्री

‘जीवनको अस्तित्व जोगाउन पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती’

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको बताएकी छन्।विश्व पानी दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको र अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको बताएकी हुन्।‘पानी र प्रकृतिसँग प्राणी जगत्को अस्तित्व गाँसिएको छ। पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो। प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए। वर्तमा