काठमाण्डाै - मन्दिरै–मन्दिरको सहरको उपमाबाट चिनिएको काठमाण्डौ उपत्यकामा के–कति पुरातात्विक सम्पदा छन्, कति जोगिएका छन्, कति नासिए भन्ने विषयमा सम्बन्धित अधिकारीहरू नै बेखबर छन् । नेपाल पहिचानका अनेक आधारहरुमध्ये एक सांस्कृतिक सम्पदा पनि हो ।
सांस्कृतिक सम्पदाहरुले नै नेपालको आधा पहिचान बोकेको छ । नेपाली पहिचान झल्काउने सम्पदाहरुको संरक्षण र संवर्द्धन गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने हो । देशको पहिचान बोक्ने सम्पदाहरुको नै संरक्षण भएन भने नेपालको मान र प्रतिष्ठा जोगिन कसरी सक्छ ? तर अवस्था त्यस्...