इलाम : ०५४ सालमा अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले ‘ग्रासरुट’ फुटबल विकासको नयाँ मोडल अघि सारे।त्यो थियो, जुनियर फुटबल एकेडेमी। २०५१ चैतमा तत्कालीन राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव केशव स्थापितले रुक्मशमशेर राणालाई हटाएर एन्फामा थापालाई ल्याएका थिए।विवादित आगमनका कारण थापा आफूलाई फरक प्रमाणित गर्ने उपायको खोजीमा थिए। उनी नेतृत्वको एन्फाको रोजाई युथ एकाडेमी बन्यो। अध्यक्ष गणेश थापाको त्यो ‘ड्रिम प्रोजेक्ट’ थियो।त्यो एकेडेमी साँच्चै