अमेरिकाका स्टार बास्केटबल खेलाडी तथा सेलिब्रिटी कोबे ब्रायन्टको मृत्यु एक हेलिकोप्टर दुर्घटनामा सन् २०२० मा भएको थियो । दुर्घटनापछि सरकारी एजेन्सीले उनको तस्बिर सेयर गरेका थिए । त्यसपछि कोबे ब्रायन्टकी श्रीमतीले फोटो सेयर गरेको भन्दै मुद्दा दर्ता गरिन् र क्षतिपूर्तिको माग राखिन् । अदालतले उनलाई १६ मिलियन डलर (२ अर्ब रुपैयाँ) क्षतीपूर्ति दिने निर्णय सुनायो ।दुर्घटनाका बेला कोबे ब्रायन्टसँग उनकी १३ वर्षकी छोरी र सात अन्य यात्री पनि थिए । दुर्घटनापछि मारिएकाहरुको फोटो लस एन्जेलिस काउन्टी शेरिफ