बर्डफ्लु आशंकामा पशुपंक्षीजन्य वस्तु आयातमा रोक

सरकारले छिमेकी मुलुक भारतबाट आउने पशुपंक्षीजन्य वस्तुको आयातमा रोक लगाउन तयारी गरेको छ । भारतमा बर्डफ्लु देखिएपछि नेपालमा समेत आउनसक्ने भन्दै पशु सेवा विभागले पशुपंक्षीको आयातमा रोक लगाउन लागेको हो । सार्वजनिक सूचना निकालेर आयातमा रोक लगाउने तयारी विभागको छ ।भारतमा बर्डफ्लु देखिपछि नेपालमा समेत आउन सक्ने भएकाले उच्च सर्तकता अपनाइएको कृषि तथा पंशुपक्षी मन्त्रालयले […]

सम्बन्धित सामग्री

फेरि बर्डफ्लुको त्रास, पोल्ट्री र पोल्ट्रीजन्य वस्तु आयातमा रोक

भारतका विभिन्न प्रान्तमा बर्डफ्लु प्रकोप देखिएपछि नेपालमा सम्भावित जोखिम आकलन गरी सरकारले सतर्कता अपनाउन थालेको छ। बर्डफ्लुको संक्रमण भित्रिन नदिन सीमा क्षेत्रमा कडाइ गर्न पशु सेवा विभागले सरोकारवाला निकायलाई निर्देशन दिएको छ।कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको विभागले ८ पशु क्वारेन्टाइन कार्यालय र २४ पशु क्वारेन्टाइन चेक पोस्टलाई पत्राचार गरी सीमा क्षेत्रबाट पोल्ट्री र पोल्ट्रीजन्य पदार्थ तत्काल रोक्न भनेको हो। पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ दफा ११ को अधिकार प्रयोग गरी शंकास्पद

भारतमा बर्डफ्लु देखिएपछि चितवनमा उच्च सतर्कता

चितवन । भारतमा बर्डफ्लु देखिएसँगै यहाँ उच्च सावधानी अपनाउन थालिएको छ । सरकार र निजी क्षेत्रबाट आ–आफ्नो ढङ्गले सावधानी अपनाउन थालेका छन् ।  सरकारले भारतमा बर्डफ्लु देखिएपछि पशु सेवा विभागअन्तर्गतका कार्यालय र क्वारेन्टिनलाई सक्रिय बनाएर पक्षीजन्य पदार्थ आयातमा रोक लगाएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका...

कुखुराजन्य पदार्थ र दाना आयातमा रोक

भारतमा बर्डफ्लुु देखा परेपछि सरकारले भारतबाट आयात हुने कुखुराजन्य पदार्थ तथा दाना आयातमा रोक लगाएको छ । भारतका विभिन्न प्रान्तमा बर्डफ्लु फेला परेपछि खुला सिमानाका कारण नेपाल उच्च जोखिमा रहेको भन्दै कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले आयातमै रोक लगाएको हो ।

चितवनमा बर्डफ्लु छैनः विज्ञ केन्द्र

चितवन ।  भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले हालसम्म जिल्लामा बर्डफ्लु नदेखिएको जनाएको छ। देशका विभिन्न क्षेत्रमा कुखुराजन्य वस्तु आयातमा रोक लगाएपछि कार्यालयले जिल्लामा बर्डफ्लु नदेखिएकाले ढुक्कसँग प्रयोग गर्न आग्रह ...