राउटे युवतीलाई दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ

सुर्खेत : जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय होटल सञ्चालक विनोद पुन रहेका छन्। राउटे युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर तीनैजनाले भिडियो बनाएका थिए। उक्त भिडियो उनीहरुले सामाजिक सञ्जालमा अपलोड गरेका थिए। सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढेपछि प्रहरीले शनिबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल ...