काठमाडौं, ४ फागुन। चालु आर्थिक वर्ष २०७९/८० को ६ महिना(साउन–पुस)मा नेपालले विभिन्न देशबाट ६ अर्ब ८२करोड ८१लाख ३हजार रुपैयाँको दलहन (मास, मसुरी, चना, रहर, केराउ आदि) आयात गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा नेपालले उक्त मुल्यमा ६करोड ८६लाख १५हजार ६२केजी दलहन आयात गरेको छ। क्यानडा, भारत, अष्ट्रेलिया, रोमानिया,टर्की, तान्जानिया, अर्जेन्टिना, ब्राजिल, लेबनान लगायतका देशबाट नेपालले दलहन आयात गरेको छ।