रातोपाटी ब्रिफिङ : विराटनगरमा ‘एम अधिकारी’को तीव्र खोजी, मुद्दा हारेपछि अब के गर्लान् विश्वराज ?

आज मिति २०७९ साल असार महिनाको २१ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको सन्ध्याकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ–१. उपसभामुखमा पुष्पा विजयीप्रतिनिधि सभाले उपसभामुख पाएको छ । नेपाली काँग्रेसकी सांसद पुष्पा भुषाल गौतम प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छिन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनमा एमालेबाट उपसभामुखको उम्मेदवार रहेकी विद्या भट्टराईलाई पराजित गर्दै भुसाल निर्वाचित भएकी हुन् । १ सय ४८ मत पाएर भुसाल बहुमतल