सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्ः महेश बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताएका छन् ।           राष्ट्रिय युवासङ्घ नेपालको पहिलो पूर्ण बैठकमा आज उनले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहने दाबी गरे । प्रतिनिधिसभा सदस्य बस्नेतले भने, “सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्, पहिलो विकल्प अबको प्रधानमन्त्री ओली नै रहनुहुन्छ, दोस्रो, संविधानअनुसार नयाँ सरकार...