चितवन क्षेत्र न. २ को उपनिर्वाचनमा भारी अन्तरले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलले निश्चित मुद्दाहरुलाई सम्बोधन गर्न भनेर समर्थन दिए पनि अब त्यसको औचित्य सकिएको बताउनुभएको छ । चितवन २ मा भएको उपनिर्वाचनमा विजयी भएपछि मंगलबार बिहान भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले भ्रष्टाचार, सुशासन र जनजीविकाका सवालमा सरकार चुकेको बताउनुभयो । …