राज कुन्द्रामाथि शर्लिन चोपडाले लगाइन यौन शोषणको आरोप

एजेन्सी। ‘पोर्न फिल्म’ कारोबारका आरोप खेपिरहेका बलिउड नायिका शिल्पा शेट्टीका पति राज कुन्द्रामाथि मोडल तथा नायिका शर्लिन चोपडाले राजमाथि यौन शोषणको आरोप लगाएकी छिन्। सन् २०१९ मार्च २७ मा राजले जबरजस्ती किस गर्न खोजेको र आफू बच्न उनलाई धक्का दिएर बाथरुममा लुकेको शर्लिनले बताएकी छन्। उक्त घट्नाबारे गत अप्रिलमै मुम्बई प्रहरीमा उजुरी दर्ता गरेको शर्लिनले बताएकी छन्।