विराटनगर–८ हाटखोलास्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा प्रदेश–१ मै पहिलोपटक अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ ।
वि.सं. २०३८ सालदेखि निरन्तर कला, साहित्य र रंगमञ्चको क्षेत्रमा काम गरिरहेको आरोहणको विराटनगर शाखाले महोत्सव गर्न लागेको हो ।
यही फागुन १५ देखि २४ गतेसम्म महोत्सव हुन लागेको आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रले जानकारी दिए ।