आईसीसी विश्वकप लिग टू : नेपाल र ओमान भिड्दै

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू सिरिजकाअन्तर्गत आज (बिहीबार) नेपालले ओमानसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुआत गर्दैछ । मोसा क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ः१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल ओमानलाई हराउँदै सिरिजको सुखद सुरुवात गर्ने योजनामा छ ।यसअघि नेपाल र ओमानबीच भएको चार एकदिवसीय खेलमा ओमानले तीन खेलमा जित निकालेको छ । नेपाले भने एक खेलमा जित निकालेको छ । आजको खेलमा नेपाल जित निकाल्दै लयलाई परिवर्तन गर्ने योजनामा छ । इतिहास हेर्दा नेपाल ओमानसँग सधै