नेपालमा उत्पादनमूलक उद्योग–व्यवसाय गर्ने व्यावसायिक घराना निकै कम छन् । पुराना औद्योगिक घराना पनि पछिल्लो समय धेरैजसो ट्रेडिङतर्फ ‘सिफ्ट’ भइसकेका छन् भने सेवामूलक क्षेत्रतर्फ लगानी बढाउनेको संख्यासमेत झिनो छ । उत्पादनमूलक उद्योग नै गर्नेहरूमा पनि भारत वा तेस्रो मुलुकबाट कच्चा पदार्थ भित्र्याएर नेपालमा एसेम्बल वा ग्य्रान्डिङ मात्र गर्नेहरू धेरै नै छन् ।