कोरोनाविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा समयमै लगाउन नपाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेदेखि दोस्रो मात्रा पाउने भएका छन् । दोस्रो मात्राको पखाईमा बसेका १३ लाख ३८ हजार नागरिकलाई खोप दिइने परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले जानकारी दिए । भुटानबाट (कोभिड—१९) विरुद्धको तीन लाख मात्रा एस्ट्राजेनेकाको खोप बिहिबार नेपाल आइपुगेको छ । सरकारले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई कोभिसिल्डको खोपको दोस्