बाढी-पहिरो प्रभावित स्थानीय तहहरूमा रकम निकासा गर्न स्वीकृति

काठमाडौँ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १५औँ बैठकले यस वर्ष र गत वर्षको बाढी पहिरोले गम्भीर क्षति पुगेका चार स्थानीय तहमा आपत्कालीन संरक्षण कार्य गर्न विपद् व्यवस्थापन कोषबाट रकम निकासा गर्न स्वीकृति दिएको छ। समितिका अध्यक्ष एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले उदयपुरको वेलका नगरपालिका, प्युठानको प्युठान नगरपालिका, गोरखाको […]