सानिमा बैंकले व्यक्तिगत मुद्दतीमा ९.५१ प्रतिशत ब्याज दिने

दसैंको अवसरमा सानिमा बैंकले ग्राहकका लागि बम्पर योजना सार्वजनिक गरेको छ । असोज १ गतेदेखि लागू भएको यस योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा वार्षिक ९.५१ प्रतिशतका दरले मासिक रुपमा ब्याज प्रदान गरिने छ ।साथै खाता खोल्दा पहिलो वर्षका लागि डेबिट-क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मेरो सेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिने बैंकले जानकारी दिएको […]

सम्बन्धित सामग्री

सानिमा बैंक : कम्पनी विश्लेषण (मंगलवार, ८ भदौ २०७८)

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रु. २ अर्ब २७ करोड ६४ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष रु. १ अर्ब ७७ करोड ६२ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २८ दशमलव १६ प्रतिशत बढी यो नाफा गरेको छ । ७ दशमलव ९३ प्रतिशत बढी खुद ब्याज आम्दानी गरेको यस कम्पनीले २८ दशमलव ४२ प्रतिशत बढी सञ्चालन नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने अघिल्लो वर्षभन्दा ५० दशमलव ९१ प्रतिशत बढी रु. १ अर्ब ६८ करोड ९८ लाखभन्दा बढी छ । वितरणयोग्य नाफाको आधारमा कम्पनीको प्रतिफल क्षमता १७ दशमलव ४५ रहेको छ । १० प्रतिशत बोनस शेयरमार्फत चुक्ता पुँजी बढाएर रु. ९ अर्ब ६८ करोड १५ लाख १९ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम अघिल्लो वर्षभन्दा २९ दशमलव १८ प्रतिशत बढी रु. ५ अर्ब १८ करोड ९३ हजार कायम भएको छ । कम्पनीको निष्क्रिय कर्जा अघिल्लो वर्ष शून्य दशमलव ४५ प्रतिशत रहेकामा गत वर्ष शून्य दशमलव १६ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी रु. २३ दशमलव ५१ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रु. १५३ दशमलव ६० रहेको छ । कम्पनीको प्रतिशेयर मूल्य रु. ५३५ दशमलव ५० रहेको छ । निष्कर्ष कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी र छोटो पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । हेर्दा इन्भर्टेड ह्याम्मरजस्तो देखिने यो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५५ दशमलव २६ बिन्दुमा छ । यसले शेयर खरिद विक्री  चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन २ दशमलव ६७ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा र २६ दिने औसत मूल्यरेखा एकै बिन्दुमा छ । बिहीबारको शेयर मूल्य रु. ५३५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ५१५ मा टेवा पाउने र महँगिए रु. ५६२ मा प्रतिरोध पाउने देखिन्छ ।

निक्षेप र कर्जा दुवैको ब्याजदर बढ्यो

काठमाडौं । पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ता र ऋणी दुवैलाई राम्रो ब्याजदर दिएका छन् । लगानी योग्यपूँजी (तरलता) भएका बैंकहरूले भन्दा पनि यस्तो पूँजी कम भएका बैंकहरूले यतिबेला निक्षेपको ब्याजदर बढाएका हुन् । मेगा बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू र प्राइम बैंकको लगानीयोग्य पूँजी कम छ । यस्ता बैंकले निक्षेपको ब्याजदर थोरै बढाएका छन् । यी बैंकले अघिल्लो महीनाको तुलनामा थप १ प्रतिशत विन्दुदेखि साढे १ प्रतिशत विन्दुसम्म ब्याज बढाएका छन् । बैंकहरूले अवधिअनुसारका मुद्दती निक्षेपमा अधिकतम ७ दशमलव २५ प्रतिशतदेखि साढे ८ प्रतिशतसम्म ब्याजदर दिएका छन् । सानिमा बैंकले चैतको तुलनामा वैशाखमा १ प्रतिशत विन्दुले ब्याजदर बढाएर मुद्दती निक्षेपको ब्याजदर अधिकतम ८ प्रतिशतसम्म पुर्‍याएको छ । अहिले तरलता पर्याप्त भएका बैंकहरू बैंकको भोलम बढाउन निक्षेपको ब्याजदर बढाउनतिर लागेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताउँछन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहालले भने, ‘अहिले हाम्रो सीसीडी ८४ प्रतिशतभन्दा कम छ । अब निक्षेप संकलन बढाउन पनि ब्याजदर बढाएका हौं ।’ नेपाल राष्ट्र बैंकले चालू आवमा कर्जा पूँजी निक्षेप अनुपात ८५ प्रतिशत तोकेपछि बैंकहरूलाई लगानी गर्न सहज बनेको छ । यसअघि यस्तो सीमा ८० प्रतिशतसम्म थियो । अहिले ८० प्रतिशत र ८५ प्रतिशतको बीचमा करीब नौओटा बैंक रहेका छन् । उत्साहजनक कर्जा प्रवाह गरेका सानिमा, प्राइम, एनआईसी, मेगा, सिभिल, कुमारी, माछापुच्छ्रेलगायत बैंकको सीसीडी कसिलो देखिएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार भने पछिल्लो समय बैंकहरूको औसत सीसीडीको अनुपात ७९ दशमलव ४१ प्रतिशत रहेको छ । सीसीडी कसिलो भएका अधिकांश बैंकको निक्षेप ब्याजदर बढाएका छन् । तर, अपवादमा मेगा बैंकले भने घटाएको देखिन्छ । चैतको तुलनामा वैशाखबाट लागू गरेको निक्षेपको ब्याजदर घटाएर मुद्दती निक्षेपमा करीब ६ दशमलव ७५ प्रतिशत कायम गरेको छ । उक्त बैंकको साधारण बचतको ब्याजदर भने न्यूनतम १ दशमलव ७५ प्रतिशतदेखि ३ दशमलव ५० प्रतिशतसम्म कायम गरेको छ ।  बैंकबीच सापटी लिने अन्तरबैंक कर्जाको ब्याजदर भने चर्को देखिएको छ । यस्तो ब्याजदर ४ प्रतिशत माथि अर्थात् साढे ४ प्रतिशतसम्म पनि पुगेको नेपाल राष्ट्र बैंकले बताएको छ । यस अवस्थामा सीसीडी कसिलो भएका बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छन् । कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्प्रेड दर) ४ प्रतिशतसम्म हुनुपर्ने नीतिगत व्यवस्था छ । तर, केही बैंकको यस्तो दर सीमाभन्दा पनि नाघेको देखिएको थियो । अहिले भने यस्तो स्प्रेड दर घटेर साढे ३ मा झरेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । बैंकले निक्षेपमा बढी ब्याज र कर्जामा कम ब्याज दिएर ग्राहकमैत्री बनेको बताउँदै उनले यस्तो गर्दा बैंकको नाफा कम हुने तर्क गर्छन् । राष्ट्र बैंकले बैंकले दीर्घकालीन स्रोतका लागि दीर्घकालीन व्यक्तिगत निक्षेप जुटाउन बैंकहरूलाई भन्दै आएको छ । तर, ब्याजदर निर्धारण गर्दा १ महीनाअघि नै जानकारी दिने गरी घोषणा गर्नुपर्ने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाहरूले प्रत्येक त्रैमासिक प्रतिवेदनअनुसार तय भएको आधार दरमा रहेर कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन् । बैंकले आधार दरमा कर्जाको प्रकृतिअनुसार केही प्रिमियम थपेर कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन् । यसआधारमा केही वाणिज्य बैंकले कर्जाको ब्याजदर घटाएका छन् । केहीले भने यसअघिको त्रैमासको आधारदरकै आधारमा कर्जाको ब्याजदरलाई निरन्तरता दिएका छन् । पछिल्लो समय बैंकहरूले सार्वजनिक गरेअनुसार कर्जाको प्रकृति र अवधिअनुसार न्यूनतम साढे ५ प्रतिशतदेखि साढे १४ प्रतिशतसम्म निर्धारण गरेका छन् । नबिल बैंकले भने कर्जाको ब्याजदर शून्य दशमलव २७ प्रतिशत विन्दुले घटाएको छ । सो बैंकको कर्जाको प्रकृतिअनुसार कर्जाको ब्याजदर करीब साढे ५ प्रतिशतदेखि १० दशमलव ७६ प्रतिशतसम्म रहेको छ । यसअनुसार कर्जाको ब्याजदर घटाउने बैंकहरूले पनि करीब १ प्रतिशत विन्दुभन्दा कम मात्रै घटाएर ब्याजदर निर्धारण गरेका छन् ।